संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राजेन्द्र लिङदेन | Khabarhub Khabarhub

संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राजेन्द्र लिङदेन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश–१ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले विगतको कमीकमजोरी हटाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा सङ्गठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रहसमेत गरे ।

उनले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पूरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलको विकल्पका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरि अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा राजेश गिरी र सहप्रवक्ता दिनेश शाहले पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउन आग्रह गरे ।

सो अवसरमा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र सङ्घीय र प्रदेशसभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावी कार्ययोजना, जयवहादुर श्रेष्ठले साम्यवाद, समाजवाद, पूँजीवाद र उदारवाद, भुपेन्द्र भण्डारीले हिन्दु धर्म, राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी नेत्रप्रसाद चम्लागाइले नेतृत्व विकास, खुस्बु ओलीले निर्वाचन, मतदान केन्द्र र मतगणनाको महत्व, याम ढकालले पार्टी दिशानिर्देशन र पार्टी एजेण्डा विषयक कार्यपत्र प्रस्तुत गर्ने सोही अवसरमा जानकारी दिइयो । प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष, संसदीय क्षेत्र, प्रदेशसभा सदस्य क्षेत्र, महिला गरी दुई सयको सहभागिता छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ३१ बजे

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

काठमाडौं–  श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

ललितपुर– महालक्ष्मी नगरपालिका-१ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास

पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना

टोकियो- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि

कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको चालु अधिवेशनमा सैद्धान्तिक छलफल भएको ‘भूमिसम्बन्धी