नागरिकता विधेयकबारे आज समितिले छलफल गर्ने « Khabarhub

नागरिकता विधेयकबारे आज समितिले छलफल गर्ने


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

मध्यान्ह १२ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले पुन: जस्ताको त्यस्तै पास गरेर पठाएको थियो।

सो विधेयक राष्ट्रियसभाले भने थप छलफलका लागि विषयगत समितिमा पठाएको हो। सो समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको बैठक भदौ १६ गते बिहीबार बोलाइएको छ । सोही बैठकबाट विधेयक पास गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ०७ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म