काठमाडौँ विमानस्थलबाट सुनसहित एक जना पक्राउ  « Khabarhub

काठमाडौँ विमानस्थलबाट सुनसहित एक जना पक्राउ 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब ५५० ग्राम सुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्ने क्रममा भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको सुन भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ५२ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार