टीभीएसद्वारा एओजी राइडको आयोजना  « Khabarhub

टीभीएसद्वारा एओजी राइडको आयोजना 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकप्रिय दुई पाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । गत शुत्रबार धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रा. लि.देखि स्टेट ७ होटल गोदावरी सम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश बिक, भ्लगर चिरञ्जीवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागिता रहेकाे थियो । 

उनीहरूले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । उनीहरूले राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी समेत मिलेको बताए । उनीहरूले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा उनीहरूले आ–आफ्नो तर्फबाट मन्तव्य राखेका थिए । 

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मन पराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम् सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ३३ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो