राष्ट्रपतिको पत्रको सम्मान गर्छौँ : गृहमन्त्री  « Khabarhub

राष्ट्रपतिको पत्रको सम्मान गर्छौँ : गृहमन्त्री 


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् ।

राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरुले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए । तर, गृहमन्त्री खाणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  २ : १० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको