एअर फ्रान्सद्वारा उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलट बर्खास्त « Khabarhub

एअर फ्रान्सद्वारा उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलट बर्खास्त


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलटलाई फ्रान्सेली हवाई सेवा प्रदायक एअर फ्रान्सले बर्खास्त गरेको छ ।

गत जुन महिनामा स्विट्जरल्याण्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको विमानभित्रै दुई पाइलटबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा दुबै पाइलटले एक अर्कामाथि मुक्का प्रहार गरेको स्विस समाचार संस्था ल ट्रिब्युनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ककपिटमा दुई पाइलटबीच झगडा परेको थाहा पाएपछि विमानका अन्य चालक दलका सदस्यहरुले सम्झाइबुझाइ गरेका थिए । विमान सुरक्षित रुपमा अवतरण नभएसम्मका लागि माहौल शान्त पार्न एक सदस्य ककपिटभित्रै बसेका थिए ।

यस घटनाले विमानको उडान एवम् अवतरणमा कुनै असर नपरेको जनाइएको छ ।

फ्रान्सका अनुसन्धानकर्ताहले घटनाबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले एअर फ्रान्समा सुरक्षाको मापदण्डहरु कडाईका साथ पालना नगर्ने चलन रहेको औल्याएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : १५ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई