गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल « Khabarhub

गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने।

उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भने। उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए।

वरिष्ठ नेता पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको र मुलुकको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको चर्चा  गरे। “मुलुकको लागि अझै केही गर्ने हुटहुटी र आकाङ्क्षा छ, त्यसैले फेरि आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहेको छु”, उनले बताए ।

विचार र कामबाट कांग्रेसलाई अझै सुदृढ बनाउँदै यसमा रहेका कमी कमजोरी सुधारेर निर्वाचनमा पार्टीलाई लैजानुपर्ने उनको भनाइ थियो । “नयाँ पुस्ताको चाहना र नेतृत्वप्रति हामी सजग छौँ, पार्टीमा उम्मेदवारी दिँदा सही मान्छे सही ठाउँमा नभए पार्टीलाई अप्ठ्यारो पर्न सक्छ, यसमा सावधानी अपनाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने।

नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने छ भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरू मुक्त हुनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : १६ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी