गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल « Khabarhub

गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने।

उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भने। उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए।

वरिष्ठ नेता पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको र मुलुकको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको चर्चा  गरे। “मुलुकको लागि अझै केही गर्ने हुटहुटी र आकाङ्क्षा छ, त्यसैले फेरि आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहेको छु”, उनले बताए ।

विचार र कामबाट कांग्रेसलाई अझै सुदृढ बनाउँदै यसमा रहेका कमी कमजोरी सुधारेर निर्वाचनमा पार्टीलाई लैजानुपर्ने उनको भनाइ थियो । “नयाँ पुस्ताको चाहना र नेतृत्वप्रति हामी सजग छौँ, पार्टीमा उम्मेदवारी दिँदा सही मान्छे सही ठाउँमा नभए पार्टीलाई अप्ठ्यारो पर्न सक्छ, यसमा सावधानी अपनाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने।

नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने छ भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरू मुक्त हुनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ६ : १६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको