तरकारीमा विषादीको प्रयोग बढ्यो « Khabarhub

तरकारीमा विषादीको प्रयोग बढ्यो


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनमा विषादी प्रयोगशालामा परीक्षण गरिएकामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।

कृषि ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार आठ नमूना क्वारेन्टिनमा राखेपछि बिक्रीका लागि पठाइएको छ । सात सय २२ नमूना खानयोग्य रहेको उनले जानकारी दिइन् । कार्यालयका अनुसार बढी मात्रामा विषादी प्रयोग हुनेमा केरा रहेको छ ।

परीक्षणका क्रममा चार ठाउँबाट ल्याइएको केरा, तीन ठाउँबाट ल्याईएको हिउँदे सिमी र दुई ठाउँको काँक्रो नष्ट गरिएको उनले जानकारी दिइन् । उनका अनुसार करेला, भान्टा, बन्दा र भेडे खुर्सानी नष्ट गरिएको हो ।

विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न, तरकारी, फलफूललगायत तत्काल उपभोग गरिने कृषि उपजमा रहने विषादीको अवशेष विश्लेषण गरी प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो ।

विसं २०७६ असोज ७ गतेदेखि सञ्चालनमा आएको यस प्रयोगशालाले बिहान ३ बजेदेखि बिहान कै ६ बजेसम्म कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरमा सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : २५ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका