सप्तरीमा अवैध मदिरासहित लागूऔषध बरामद « Khabarhub

सप्तरीमा अवैध मदिरासहित लागूऔषध बरामद


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा सशस्त्र प्रहरीले अवैध मदिरासहित लागूऔषध बरामद गरेको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ बाट २०० लिटर अवैध मदिरा र राजगढ गाउँपालिका वडा नम्बर २ बाट १०६ प्याकेट राजनिवास नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कडरबोनाबाट खटिएको टोलीले गाईघाट कदमाहा सडक खण्डअन्तरर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ स्थित एक घरमा शङ्का लागेर चेक जाँच गर्दा अवैध मदिरा नियन्त्रणमा लिएका हुन् ।

स्थानीय वडाध्यक्ष दिलाराम चौधरीसहित भद्रभलादमी, बुद्धिजीवीलगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति प्रदीप खड्काले जानकारी दिएको छ ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ स्थित बनैनिया बाट लगभग २५ हजार मूल्य बराबरको अवैध राजनिवास बरामद गरेको छ । बिओपी बनैनियाँका सशस्त्र प्रहरी निरीक्षक तुलसी राम कार्कीको कमान्डमा खटिएको टोलीले सो अवैध राजनिवास बरामद गरिएको जनाएको छ ।

भारतबाट अवैध रूपमा नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा १०६ प्याकेट राजनिवास बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका अवैध समानलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको तथा तस्करको खोजी कार्य तीव्र रूपमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ३७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका