चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन « Khabarhub

चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मीविहीन रहेको तनहुँ कारागारले जनाएको छ ।

रिक्त पदमा जनशक्ति पूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

लामो समय स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उनले भने, “बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पु¥याउनुपर्छ । यो कार्यमा जोखिम छ ।”

सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था रहेको जनाइएको छ ।

रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिए । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उनले बताए ।

तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् ।

एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ५४ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका