पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा सात जनाको मृत्यु, १३ बेपत्ता « Khabarhub

पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा सात जनाको मृत्यु, १३ बेपत्ता


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् ।

कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ ।

उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ ।

मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ भने तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।

एनडीएमएको तथ्याङ्कअनुसार जुन १४ देखि अहिलेसम्म वर्षा र बाढीसँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ३७ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा