अवैध रुपमा विभिन्न ब्राण्डको लोगो प्रयोग गरी चामल बिक्री गर्ने दुई जना पक्राउ « Khabarhub

अवैध रुपमा विभिन्न ब्राण्डको लोगो प्रयोग गरी चामल बिक्री गर्ने दुई जना पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विना अनुमति विभिन्न ब्राण्डको लोगो प्रयोग गरि चामल बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङले विभिन्न ब्राण्डको लोगो राखी चामल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कम्पनीका सञ्चालक एस अग्रावालल र मेनेजर लाल बहादुर बस्नेत रहेका छन् । उनीहरुले आयातित चामलमा थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुवारक क्याटरिना जिरा, साँचो लङ्ग ग्रेन, स्पेशल अनेष्टी, सुवाश उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही वासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस लगायतका लोगो राखी बेच्ने गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उक्त उद्योगबाट एक लाख ८० हजार ३० केजी चामल तथा प्याकेजिङका लागि राखिएको ४७,४६० किलो चामल बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ५० बजे

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम