फरार बलात्कार आरोपी तीन वर्षपछि पक्राउ « Khabarhub

फरार बलात्कार आरोपी तीन वर्षपछि पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभा प्रहरीले जबरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन वर्षपछि पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई तीन वर्षपछि पक्राउ गरेको हो ।

अभियुक्त लिम्बुलाई तीन वर्षपछि चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

१५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत बिराटनगर धनकुटाले १८ वर्ष कैद सजायसँगै १५ हजार रुपैयाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए ।

उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मंसिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको थियो ।

१५ वर्षीया बालिकालाई आरोपित लिम्बुले २०७६ असोज १ बलात्कार गरेको भन्दै ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा पीडित उजुरी दिएका थिए । पक्राउ परेका लिम्बुलाई प्रहरीले सोमबार जिल्ला अदालमा बुझाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ०५ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र