रोमानिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा युवती पक्राउ « Khabarhub

रोमानिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा युवती पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका(५ सल्लाघारी बस्‍ने २० वर्षीया पुन माया श्रेष्ठ छिन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनले रोमानिया पठाइ दिन्छु भन्‍दै पीडितहरुबाट प्रतिव्‍यक्ति ६ लाखका दरले १७ लाख ७५ हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ४५ बजे

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।  पार्टी

ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी