चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन्।

डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए।

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो। यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो।

चितवनमा बुधबारसम्म ७४३ जनामा डेंगु सक्रमण पुष्टि भएको छ। तीमध्ये ४५९ चितवनका हुन्। बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन्।

चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको केसीले बताएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : १६ बजे

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण

काठमाडौं– महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग

सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा व्यापक केरमेट गरेका

गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त

गण्डकी– पोखरा महानगरपालिका–३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन

काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी 

काठमाडौं– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार धनकुटा