लुम्बिनीका विद्युतीय बस आजदेखि सुचारु « Khabarhub

लुम्बिनीका विद्युतीय बस आजदेखि सुचारु


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्बिनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो । दसैँ तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएको हो ।

पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्न १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई(सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसनलगायतका विषयमा प्रतिवेदन र कार्यविधिका खाका बुझाएपछि बस भने परीक्षण कालका लागि सुचारु भएको छ । केही ट्याक्सी भने विकास काेषले स्वयं प्रयोग गरिरहेको छ ।

बस सञ्चालनका लागि चौतर्फी दबाब हुन थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवसका दिन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र लुम्बिनी विकास कोषलाई दसैँअघि निर्देशन दिएका थिए । कार्यदलले पनि दसैँअघि सञ्चालन गर्ने तयारी गरेको थियो ।

बुधबार रुपन्देहीका प्रजिअ पाण्डेको अध्यक्षता लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्था प्रतिनिधिहरूको बैठकले कार्यविधि नहुँदासम्मका लागि र दसै‌तिहारलाई लक्षित गर्दै चालक र सहचालककाे व्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एक/एक गाडीको जिम्मेवारी लिएर सञ्चालनमा ल्याइएको हो ।

पाँच वटा बसमध्ये एउटा बस बुटवल-भैरहवा-बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया-भैरहवा-एयरपोर्ट हुँदै लुम्बिनी, तेस्रो बस नवलपरासी-रामग्राम-भैरहवा-बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु-तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

परीक्षणकालसम्म निःशुल्क रूपमा बस  सञ्चालनमा हुनेछ । अहिले चाडपर्वका समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने गरी सञ्चालनमा  छ ।विद्युतीय गाडीको नम्बर प्लेटको विषयमा टुंगो लागेको छैन । सेतो नम्बर प्लेटका सवारीसाधनलाई हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेट के राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

विकास कोषले पर्यटक लक्षित भएकाले हरियो प्लेटमा चलाउने धारणा राखेको छ, तर कानुनी जटिलताका कारण एकै पटक सार्न मिल्दैन । सेतोबाट हरियोमा जाँदा लामो प्रक्रिया छ, विभागले नै पहिला नामसारी गरी सेतो प्लेटमा लैजान भनी विकास कोषलाई सुझाएको थियो । सोहीअनुसार नै काम भएको छ । हरियो प्लेटको गाडीमा पर्यटक मात्र सवार हुन पाउने कानुनी प्रावधान छ ।

 एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । बस अपांगमैत्री र स्वचालित ढोकासहितको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ११ : ५८ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका