डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान  « Khabarhub

डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान 


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयाेजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।

भक्तपुरको गठ्ठाघरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले संस्थाले निरन्तर सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा यो पटक डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरेको जानकारी गराए । एक पाइला मानवताका लागि भन्ने नाराका साथ कार्यक्रम गरेको उनले जनाए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँका साथै देशका विभिन्न जिल्लामा उपभोक्ताको सुविधाका लागि यस्ता गार्डेन मार्टहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १२ : ०७ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको