मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर « Khabarhub

मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो ।

‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरू पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ उत्पन्न भएको, यात्रुहरू तोकिएभन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रुहरू राख्दा सवारीसाधनहरू दुर्घटनामा परी सर्वसाधारणहरूको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ताहरू महँगीको मारमा परेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

चाडबाडका समयमा हुन सक्ने शान्ति सुरक्षा र अमनचयन खलबल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ ।

‘यातायात र आवतजावतमा हुने कठिनाइको प्रभावकारी अनुगमन र निगरानी गर्न, सम्भावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी सांस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आम नागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १२ : १२ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको