एकै दिन ४३ सवारी साधन कारबाहीमा « Khabarhub

एकै दिन ४३ सवारी साधन कारबाहीमा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा एकै दिन ४३ सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले गरेको चेकजाँचका क्रममा ४३ सवारी साधन कारबाहीमा परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहको नेतृत्वको टोलीले एक सय १० वटा सवारी सधान चेकजाँच गरेको थियो ।

प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर, प्रहरी चौकी तल्लो डुङ्गेश्वरले गुराँस गाउँपालिका-४ स्थित सुर्खेत-दैलेख सडक खण्डको जिरो पोईन्ट लगायत इलाका प्रहरी कार्यालय दुल्लु, ईलाका प्रहरी कार्यालय राकम कर्णाली, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी रानिमत्ताबाट खटिएको प्रहरी टोलीले १ सय १० वटा सवारी साधन चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा नियम विपरीत काम गर्ने ४३ वटा सवारी साधनलाई कारवाही गरी ३३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बडा दशैँको बेलामा सवारी दुर्घटना न्यूनिकरणको लागी सवारी साधनहरू ओभरलोड नगर्ने यात्रुहरूलाई अनावश्यक हैरानी नदिने, तोकिएको भाडादर भन्दा वढी भाडा नलिने विषयमा चालक, सह-चालक र यात्रुहरूलाई समेत जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १ : २५ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको