भारी वर्षाले घरमा क्षति  « Khabarhub

भारी वर्षाले घरमा क्षति 


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– भारी वर्षाका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो । बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए । 

वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ । यस्तै, नारायण राईको घरमा वर्षाको भलपानी पसेको छ । वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए ।

कतिपय स्थानीयको पहिरोले खोर पुरिँदा बाख्रा मरेका छन्न । हाल क्षतिको सिफारिस माग्ने पीडित वडा कार्यालयमा धाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक ठूलो क्षतिको जानकारी नआएको बताए । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ४ : २० बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको