दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थमा छुट « Khabarhub

दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थमा छुट


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।

संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५०, पनिरमा २०, चिजमा २० र दहीमा रु १० सहुलियत प्रदान गरिएको जानकारी दिए ।

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दसैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो’, अधिकारीले भने ।

उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउनेछन् । प्रवक्ता अधिकारीका अनुसार हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ५ : ५५ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको