गठबन्धनकै कारण मुलुक भयावह अवस्थामा पुग्यो : ओली « Khabarhub

गठबन्धनकै कारण मुलुक भयावह अवस्थामा पुग्यो : ओली


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् । 

बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताएका हुन् । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे । अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे । उनले देशमा लोकतान्त्रीक प्रणालीलाई सुदृढ गर्ने, भष्ट्राचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका प्रयासमा एमाले लागिरहेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी, लोसपा लगायतका दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : १९ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि