‘अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति देखियो’ « Khabarhub

‘अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति देखियो’


१३ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन् । 

बिहीबार  अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा नकारात्मक रुपमा लिने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन् । 

त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हामफालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जिकिर गरे । उनले विधि र मापदण्ड तय गरेर सङ्गठनहरूलाई अघि बढाउनुपर्ने धारणा पनि राखे । अहिले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति हावी भएकाले जनताहरूको विश्वास गुम्दै गएको उनको भनाई छ । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अव समाजवादको बाटोमा हिड्नुको विकल्प नभएको बताए । उनले आगामी निर्वाचनमा बढि भन्दा बढि महिला उम्मेदवार खडा गरिने बताए । 

उनले पार्टीलाई दरो बनाउँदै मुलुकको विकासको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ६ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया