फिलिपिन्समा कारोनाभाइरसका कारण थप ३४ को मृत्यु « Khabarhub

फिलिपिन्समा कारोनाभाइरसका कारण थप ३४ को मृत्यु


१३ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिलिपिन्समा कोरोना भाइरसका कारण थप ३४ जनाको मृत्यु भएको छ ।पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ ।

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २८ हजार १७२ रहेको छ ।फिलिपिन्समा कोरोना भाइरसका कारण अहिलेसम्म ६२ हजार ९६१ जनाको मृत्यु भएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

झण्डै एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला महानगर क्षेत्रमा मात्रै पछिल्लो एक दिनमा एक हजार १४९ जना सङ्क्रमित भएका छन् ।

महानगरका १७ क्षेत्रमध्ये १३ क्षेत्रमा सङ्क्रमणको प्रभाव धेरै देखिएको स्वास्थ्य उपसचिव मारिया रोसारियो भेर्गेइरले जानकारी दिनुभयो । मनिला महानगरलाई सरकारले कोरोना भाइरसको महामारीको संवेदनशील क्षेत्रका रुपमा बर्गिकरण गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : १८ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको