वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन « Khabarhub

वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन


१३ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज-  वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदाबाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

पर्साको जगरनाथपुर गाउँपालिकामा वडामै लाभग्राहीको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन भएको छ ।

गाउँपालिकाले वडा कार्यालयमै शिविर सञ्चालन गरेर भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले जानकारी दिनुभयो । एनआइसी एशिया बैंक जगरनाथपुर शाखाको समन्वयमा पालिकाले वडामै पुगेर भत्ता वितरण गर्न थालेपछि अब बैंकमै पुगेर लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यसबाट विशेषगरी अपाङ्गता भएका स्थानीय र ज्येष्ठ नागरिकलाई सहज भएको छ ।

जगरनाथपुरका छ वटै वडाका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नगारिक एकल महिला र क तथा ख वर्गका अपाङ्गता भएका लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ३९ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई