द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट « Khabarhub

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट


१३ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।

विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो ।

विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरु छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले जनाएको हो ।

विश्व खाद्य सङ्गठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताएका हुन् । उनले यसअघि पनि विश्वका विभिन्न देशहरुमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य सङ्कटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताए ।

उनले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको बताए । यी दुई देशका युद्धका कारण विश्वमा अन्य देशहरुमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि सङ्कट बढेको बताएका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ५५ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने