बर्दियाका किसानलाई धान भित्र्याउन चटारो | Khabarhub Khabarhub

बर्दियाका किसानलाई धान भित्र्याउन चटारो


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो।

यस्तै गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छन्। फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो।

गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पुर्‍यायो। क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२का सञ्जय आचार्यले गुनासो गरे। यस वर्ष पनि सहयोग नपाएको उनको भनाइ थियो।

मानो छरेर मुरी भित्र्याउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको मधुवन नगरपालिका–२ ओराली बजारका रामपाल चौधरीले बताए। उनले भने, ‘गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो फेरि पनि वर्षा हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ।’ गुलरिया, मधुवन, राजापुर, गेरुवा र बारबर्दियामा छ हजार बिघा धानबालीमा क्षति पुगेको एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ४३ बजे

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर