‘अन्तिम संस्कार’को छायांकन पुरा « Khabarhub

‘अन्तिम संस्कार’को छायांकन पुरा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ।

शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए।

झन्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ राई, पासाङ टी शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठ, सस्मिता र दिग्गजलगायतको अभिनय छ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सन लण्डनमा गरिनेछ। फिल्ममा बाबु श्रेष्ठको छायांकन छ। निर्देशक शाहीले यसअघि फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ निर्देशन गरिसकेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : २१ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने