सोल्मा विपद् व्यवस्थापन कोषमा ४ लाख ६१ हजार जम्मा « Khabarhub

सोल्मा विपद् व्यवस्थापन कोषमा ४ लाख ६१ हजार जम्मा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद् व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ। २०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको कोषको मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो। तीन लाख ५० हजार मुलधन रहेको कोषमा यसपल्ट खेलिएको देउसीबाट एक लाख ११ हजार ३२५ रुपैयाँ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो।

प्राकृतिक तथा दैवी विपत्तिमा परेका वडाबासीको सहयोगार्थ सोल्मा विपद् व्यवस्थापन कोष खडा गरिएको वडाध्यक्ष एवं कोष सञ्चालक समितिका अध्यक्ष ध्रुवविक्रम राईले बताए।

आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवं मुटु, मिर्गौला, क्यान्सर जस्ता दिर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ। देउसीको दानबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै ५० लाख पुर्‍याएर सो को व्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ।

हालसम्म प्राकृतिक तथा दैवी विपत्तिमा परेका अशक्तलाई एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ। यसपल्ट एक दिन खेलेको देउसीबाट कोषको मुलधन साढे चार लाख नाघेको हो। आगामी वर्ष दुई दिन देउसी कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको वडाध्यक्ष एवं सञ्चालक समितिका अध्यक्ष राईले बताए।

दुवै मिर्गौला फेल भएका स्थानीय राजकुमार राईलाई १० हजार, आगलागी पीडित कर्मबहादुर राईलाई ५ हजार र मिर्गौला रोगी ध्रुवबहिनी राईलाई ३ हजार प्रदान गर्दै विपद् व्यवस्थापन कोष स्थापना गरिएको थियो।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना