पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न- प्रधानमन्त्रीको मौनता कहिलेसम्म ? | Khabarhub Khabarhub

पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न- प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।

उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसबारे ओलीले फेसबुकमा लेखेका छन् :

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ४९ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये