कृषकलाई बाली भित्र्याउने चटारो, पाइदैनन् मजदुर  « Khabarhub

कृषकलाई बाली भित्र्याउने चटारो, पाइदैनन् मजदुर 


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैँ, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए । ‘काम गर्नसक्ने उमेरका मानिस विदेशमा छन्’, भैँसी फार्म सञ्चालन गरेका केसीले भने, ‘तराई, मधेसका जिल्लाबाट मजदुर बोलाएको छु ।’

पशुलाई चरनका लागि लेक र बेंसी गराउने चलन अघिल्लो पुस्ताका वृद्ध थला परेपछि हराउँदै गएको छ । वृद्ध उमेरका कृषकले भेडा, बाख्रा, गाई र भैँसीका गोठ धानेका छन् । गोठाला नपाएपछि घोडा, गाई र भेडा पाल्न छोडेको धवलागिरि गाउँपालिका–३ फलियागाउँका चकबहादुर मल्लले बताए ।

तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल एक तिहाइभन्दा कम १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुन्छ । जनशक्ति पाइन छाडेपछि अर्म, पर्म, हुड्डा लगाएर खेतीबाली लगाउने, गोडमेल र भित्र्याउने चलन हराएको बेनी नगरपालिका–२ बाङ्गेराका कृषक वीरेन्द्र किसानले बताए ।

‘ट्र्याक्टर, थ्रेसर आदि उपकरणको विकासले सहज भए पनि लागत उठाउनै मुस्किल छ’, उनले भने, ‘अर्मपर्म गर्ने चलन हराएपछि घरकै सदस्यले फुर्सद निकालेर खेती लगाउने र भित्र्याउने गर्न थालेका छौँ ।’ गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै भेटिन्छन् । रोजगारीको खोजीमा युवा जनशक्ति बाध्यताले विदेशिने अवसर र सुविधाको खोजीमा सहरतर्फ केन्द्रित हुने तथा सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिएर झाडी र जङ्गलमा परिणत हुन थालेका छन् । 

बस्तीदेखि टाढाका जमिनमा खेती गर्न छाडेकाले झाडी र जङ्गलमा परिणत भएका बेनी नगरपालिका-२ का पदमपाणि शर्माले बताए । ‘ट्र्याक्टरले जोत्न, थ्रेसरले गेडा झार्न, खेतकै छेउमा ट्र्याक्टरबाट मल, नल, पराल, धान र गहुँ ओसार्न सजिलो त भएको छ’, उनले भने, ‘टाढाको बाली लगाउन महँगो पर्ने भएपछि कतिपयले बाँझै छोडेका छन् ।’ पछिल्लो जनगणनाअनुसार म्याग्दीको जनसङ्ख्या १० वर्षको अवधिमा छ हजारले घटेर एक लाख सात हजार भएको छ । २५ देखि ३० हजार जनसङ्ख्या विदेशमा छन् । 

खेती कार्यमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि यन्त्र उपकरणको प्रयोगमा जोड दिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । कम श्रम र लागतमा गर्न सकिने फलफूल तथा नगदे बालीको खेती गरेर बाँझो जमिनलाई प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदानकोसमेत व्यवस्था मिलाएको सिग्देलले बताए ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ४७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको