'शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता' | Khabarhub Khabarhub

‘शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । नेपाल पूर्वप्रहरी संगठन जिल्ला समिति रूपन्देहीले आज भैरहवामा आयोजना गरेको छलफलमा उनले भने, ‘मुलुकमा तीव्र विकास जरुरी छ । जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन गरिएको हो ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनका तर्फबाट रूपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि मात्र काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।

उनले पूर्वप्रहरीलाई अवकाशपछि पनि गतिशील बनाए राष्ट्र सक्रिय रहने र स्वयं व्यक्तिसमेत लाभान्वित हुने बताए । ‘सेवामा रहँदा होस् वा अवकाशपछि होस्, उनीहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ’, उनले भने। 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ४८ बजे

एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय