चेल्सीविरुद्ध ब्राइटनको सानदार जित « Khabarhub

चेल्सीविरुद्ध ब्राइटनको सानदार जित


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग ४ –१ गोल अन्तरले पराजित भएका हो । ब्राइटनका लागि लिन्द्रो ट्रोसार्ड, पास्कल ग्रोबले गोल गरे । भने दुई गोल चेल्सीले आत्मघाती गरेको थियो ।

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १४ औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स चिकले आत्मघाती गोल गर्दा ब्राइटनले २–० को अग्रता बनायो ।

खेलको ४२ औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरेपछि ब्राइटनको अग्रता ३ –० को बन्यो ।खेलको ४८ औं मिनेटमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई ३– १ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को जित दिलाए ।

जितसँगै ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । भने चेल्सी पाँचौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : ०० बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ