मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल | Khabarhub Khabarhub

मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा-४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ । 

विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधिसभाका लागि एमालेले सिरहा-१, धनुषा-३, सर्लाही-३, बारा-१,पर्सा-३,सिरहा-३, बारा-३महोत्तरी-१लगायत क्षेत्रमा जितेको  छ । अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी-१(१), सिरहा-१(१), सिरहा-२(२), सिरहा ३(१), धनुषा-१(१),धनुषा-२(१), धनुषा-३(२), धनुषा-४(२), रौतहट-२(१), बारा-१(१), बारा ३(१), बारा-४९१०, बारा-३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) गरी १५ स्थानमा जितेको छ। 

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर  दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभातर्फ सप्तरी-३, धनुषा-२, रौतहट-४, पर्सा-२, पर्सा-४, सप्तरी-४महोत्तरी-४ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी–३(१), धनुषा- ३(१), धनुषा-४(१), सर्लाही-२(१), सर्लाही-२(२), सर्लाही-४(१), रौटहट-१(१), रौटहट-१(२), रौतहट-३(२), पर्सा-२(१), पर्सा-३(२), पर्सा-४(१) र धनुषा १(१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो । 

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभामा सप्तरी, सिरहा-४,पर्सा-१, बारा-२, सिरहा-२ र धनुषा १ मा जितेको छ ।

त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा-२(२), पर्सा-१(२), पर्सा-४(२), बारा-१(२), रौतहट-४(२), सर्लाही-३(२), सिरहा-१(२), बारा-२(२) र महोत्तरी ४९२० मा जितेको छ। विसं २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा १९ सिट जितेको थियो । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधिसभामा लोसपाले महोत्तरी-२, सर्लाही-१महोत्तरी-३ मा तथा प्रदेशसभामा पर्सा-२(२), महोत्तरी-२(१), महोत्तरी-३(१), महोत्तरी-३(२), सर्लाही-१(१), सिरहा-४(२)बारा-४(२) मा जितेको छ । 

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधिसभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ मा पराजित गरे ।

सो पार्टीले प्रदेशसभामा सप्तरी–१ (२), सप्तरी-२(१), सप्तरी–२(२), सप्तरी-३(२), सिरहा-४(१)सिरहा-२(१) मा जितेको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधिसभातर्फ सर्लाही-४,रौतहट-२रौतहट-३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा-३ (१), बारा-२(१), महोत्तरी-२(२), रौतहट-३(१), सर्लाही-३(१)सप्तरी-४(२) मा जितेका हुन् । नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ ।

अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेशसभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ । प्रतिनिधिसभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित हुनुभएको छ । प्रदेशमा माओवादीले सर्लाही-४(२), महोत्तरी-१(२), रौतहट-४(१)पर्सा-१(१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाका लागि रौतहट-१ र बाराबाट दुई सिट र प्रदेशसभामा रौतहट-२(२), सर्लाही-१(२), सिरहा-३(२) र सप्तरी-४(१) गरी चार सिट जितेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १ : २२ बजे

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा