अब मंकीपक्सलाई एमपक्स भन्नू : डब्लूएचओ « Khabarhub

अब मंकीपक्सलाई एमपक्स भन्नू : डब्लूएचओ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार घोषणा गर्‍यो  । विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन  गर्न लागेको हो । सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै जनावर र प्रायः मुसाहरूमा पाइन्छ ।

लामो समयदेखि महामारी भएको अफ्रिकी देशबाहिर समलिंगी पुरुषमा मेको शुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको रिपोर्ट गरिएको छ।

‘ यो वर्षको सुरुमा मंकीपक्सको प्रकोप फैलिएपछि  अनलाइनमा, अन्य सेटिङहरूमा र केही समुदायहरूमा जातीय र कलंकित भाषा देखियो र डब्लूएचओलाई रिपोर्ट गरियो’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक विज्ञप्तिमा भन्यो । यो रोग पहिलो पटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानिसमा फेला परेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १ : ५१ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य