सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति | Khabarhub Khabarhub

सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो । शहरको सुन्दरताको लागि बस्ती हटाउन खोजेपनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको भनाइ छ । 

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुँइटेलले २०४६ सालको आन्दोलनपछि सुकुम्बासी आयोग बनेपनि सुकुम्बासीहरुलाई राज्यले व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । लुँइटेलले बागमती सभ्यताको लागि काठमाडौँलाई नमूना शहर बनाउने बालेन शाहले उद्घोष गरेपनि सुकुम्बासीलाई बिचल्ली बनाउन खोजेको भन्दै कडा आपत्ति जनाए ।

थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष मिन कुमार राना मगरले सुकुम्बासी बस्ती भत्काउने महानगरको कुनै प्रतिनिधि र पत्र नआएको र एक्कासि भत्काउन आएको गुनासो गरे । महानगरको टोली बलजवरजस्ती बस्ती छिर्न खोजेकाले झडप भएको उनको भनाई छ ।

संयुक्त सुकुम्बासी मोर्चाका सदस्य तथा थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका सदस्य विजय मगरले आफूहरू सो बस्तीमा २०६२ साल पुस २ गतेदेखि बस्दै आएको बताए । डोजर आतंक मच्चाएर त्यहाँका नागरिकको शिक्षा, स्वास्थ्य र बाँच्न पाउने अधिकारबाट बञ्चित गराउन खोजिएको उनको भनाई छ ।  

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : ४५ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र