रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न « Khabarhub

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनुषा- श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो ।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ । भोजनपश्चात साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरूले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा रहेको छ ।

साधु–सन्तले जनकपुरधाममा भएको सेवा सत्कारबाट आफूहरू हर्षित भएको बताएका छन् । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ । यसअघि, सोमबार राम र सीताको विवाह सम्पन्न भएको थियो । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम र सीताको प्रतिकको विवाह गरिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ११ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो