स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह | Khabarhub Khabarhub

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिए । स्याङ्जा र बाजुरामा विधिवत्रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उनको भनाइ थियो ।

पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताए । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उनको भनाइ छ ।

उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : २१ बजे

अमेरिकी राष्ट्रपतिको तलब कति ?

काठमाडौं– अमेरिकामा मंगलबार हुने निर्वाचनबाट भारतीय मुलकी कमला ह्यारिस र

गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ

तेल अभिभ – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका

पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालतमा लगिँदै

काठमाडौं– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई

पोखरीमा कार डुब्दा दुईजना बेपत्ता, एकजना पौडिएर निस्किए

सर्लाही– सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको

निर्वाचनको अन्तिम दिन पनि ट्रम्पको विवादास्पद अभिव्यक्ति

पेनेसेल्भिनिया – अमेरिकी राष्ट्रपति पदको निर्वाचनको अन्तिम दिन दुवै उम्मेदवार