सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई « Khabarhub

सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको स्पिन बोल्दाक नाकामा पाकिस्तानले कडाई गरेको छ । पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्ध बिग्रेको विश्लेषण भइरहेका बेला स्पिन बोल्दाक क्षेत्रमा सवारी साधनको आवागमनमा समस्या आएको बताइएको छ ।

सवारीका साधनसँगै नाकामा हजारौँ सर्वसाधारण पनि फसिरहेको जनाइएको छ । अफगानिस्तान छाडेर जान चाहने हजारौँ मानिसहरुलाई पाकिस्तानी फौजले प्रवेशमा बन्देज लगाएको छ ।

अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार सीमा क्षेत्रमा अफगान पक्षबाट भएको गोली प्रहारमा पाकिस्तानी सैनिक मारिएपछि नाकामा कडाई गरिएको हो । तालिबानले भने अज्ञात बन्दुकधारीले गोली प्रहार गरेको दाबी गरेको छ ।

टोलो न्युजका अनुसार अफगानिस्तान पाकिस्तान संयुक्त चेम्बर अफ कमर्सले दुबै मुलुकका सरकारलाई नाका खोलिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको