क्यानाडाको अर्थतन्त्र तीन महिना २.९ प्रतिशतले वृद्धि « Khabarhub

क्यानाडाको अर्थतन्त्र तीन महिना २.९ प्रतिशतले वृद्धि


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।

यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् ।

विश्लेषक रोयस मेन्डेसका अनुसार “ठोस वृद्धि,“ लगभग दोब्बर अपेक्षाहरूको बाबजुद, प्रायः “बाह्य माग र अस्थिर वर्गहरू” बाट आएको देखिन्छ ।

धेरै अर्थशास्त्रीहरूले क्यानाडा अर्को वर्ष मन्दीमा जाने भविष्यवाणी गरेका छन् । जबकि सरकारले सन् २०२२ मा ३।९ प्रतिशतबाट २०२३ मा ०।७ प्रतिशतमा वृद्धि हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ३४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि