नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश « Khabarhub

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ –  नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो ।

यस्तै आज भएको अर्को खेलमा इक्वेडरलाई हराउँदै सेनेगल पनि नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ०८ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ