चिसोमा एलर्जीबाट बच्नुपर्छ « Khabarhub

चिसोमा एलर्जीबाट बच्नुपर्छ

'समस्या दोहोरियो भने सामान्य भनेर बस्नु हुँदैन'



चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरू रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ । जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ । यसै विषयमा आधारित भएर यौन तथा छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पािदत अंश:

यो चिसो बढेसँगै हात खुट्टाका औंला फुल्ने कस्तो समस्या हो ?
चिसोमा धेरे बिहान र बेलुका काम गर्ने मान्छेमा यो समस्या देखिन्छ । यसलाई नेपालीमा चिसोले खाएको भन्छौँ । वैज्ञानिक भाषामा भन्दा पेरनियुसेस भन्छौँ । यसमा चिसोले गर्दा हात र खुट्टाको रक्त्तनलिहरु सङ्कुचन हुन्छ र सुनिने, फोका हुने, चिलाउने र घाउ हुने सम्म हुन्छ ।

चिसोको कारणले नै यस्तो हुने हो ?
जसलाई पनि चिसो भएपछि यस्तो हुन्छ गर्मी महिनामा पनि कुनै । रोग लागेको मान्छेहरूमा जस्तो थाइराइड भएको मान्छेमा यस्तो समस्या देखिन्छ ।

यो कुन उमेर समूहमा धेरै देखिन्छ ?
धेरै चिसो भयो भने यो बच्चादेखि बुढोसम्म जुनसुकै उमेर समूहमा देखिन सक्छ । त्यसैले चिसो बाट हात खुट्टा जोगाउनु पर्दछ ।

यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानी धेरै नचलाउने, पन्जा लगाएर बस्ने, चिसो पानीको काम गरे पनि छ हात खुट्टा सेकाउने । यो हात र खुट्टामा मात्र हैन कानमा पनि चिसोले खान्छ । त्यसैले टोपी लगाएर हिँड्नु पर्छ।

के कुरामा ध्यान दिएन भने पछि झन् समस्या पर्न सक्छ ?
मन तातो पानीमा हात डुबाउने, विशेषज्ञको सल्लाह लिएर औषधिको प्रयोग गर्ने । चिसोमा काम गरेपछि मनतातो पानीमा हात डुबाउने, आगो ताप्ने, पन्जा लगाएर बस्ने, गम्भीर अवस्थामा औषधि पनि खानु पर्ने हुन्छ ।

समयमा ध्यान नदिँदा के हुन्छ ?
पछि गएर हात खुट्टामा फोका/बिबिरा आउने र पछि त्यो फुटेर विभिन्न इन्फेक्सन हुनसक्छ ।

अस्पताल गए पछि उपचार कस्तो हुन्छ ?
बिरामीको अवस्था हेरेर लगाउने औषधि दिन्छौँ र लगाउने ले भएन भने खाने औषधि दिन्छौँ र १० दिनसम्म त्यो विस्तारै कम हुँदै जान्छ । पछि यस्तो समस्या आउन नदिने उपायहरू सिकाउँछौँ । अरू रोगको कारणले भएको रहेछ भने बिरामीलाई सबै रोगको बारेमा सोधेर त्यसको उपचार तर्फ लाग्छौँ ।

यो हरेक वर्ष दोहोरिने किन हुन्छ ?
चिसोको इन्जुरी भनेको हरेकमा हुन्छ, चिसोले आफूमा एलर्जी हुन्छ भने चिसोबाट पहिला नै बच्नु पर्छ। चिसोबाट बच्ने नै यसको रोकथाम हो ।

यो समस्या वंशाणुगत पनि हुन्छ ?
हाम्रो हरेक सोचाई कुनै न कुनै रूपले वंशाणुगत हुन्छ । बाबा-आमा वा रगतको नाता भएका आफन्त कसैमा छ भने आफूमा पनि यो समस्या हुन सक्छ भनेर पहिला नै रोकथामको उपाय सोच्नु पर्दछ । सामान्य मान्छेमा पनि यो हुन्छ । बारम्बार यो समस्या दोहोरियो भने सामान्य भनेर बस्नु हुँदैन भित्र अरू रोगहरू लागेर भएको हुन सक्छ । त्यसैले एक पटक विशेषज्ञलाई भेट्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ७ : १३ बजे

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण