नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल | Khabarhub Khabarhub

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ।

बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए। विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन्। उनि अर्जेन्टिनामै रहेका छन्।

६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि शीर्ष टोली पिएसजी जित निकाल्यो।

नेयमारको पासमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई १४औं मिनेटमा अग्रता दिलाएका थिए। ५१औं मिनेटमा मार्किन्होसले आत्मघाति गोल गरेपछि घरेलु मैदानमा पिएसजी बराबरीको स्थितिमा थियो।

दश मिनेट थप गरिएको इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गरे।

जितपछि पिएसजी १६ खेलको समाप्तीमा ४४ अंकका साथ शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ। दोस्रो स्थानको लेन्सले १५ खेलमा ३६ अंक जोडेको छ।

१६ खेलमा ११ अंकमै सीमित स्ट्रासबर्ग भने पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : १९ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु