फाइल फोटो

राजनीति

गण्डकीका सांसदको शपथ पनि आजै  

By खबरहब

December 29, 2022

पोखरा – गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरुलाई शपथको कार्यक्रम छ। संसद् सचिवालय नदीपुरमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराउने छन्। यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन्। नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन्। कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन्।

कांग्रेसले चुनावी प्रतिस्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ। माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन।