मधेस संसदीय दलको नेताको आकाङ्क्षी बढे « Khabarhub

मधेस संसदीय दलको नेताको आकाङ्क्षी बढे


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशसभा सचिवालयले भोलि प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको छ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ। तर प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैनन्।

एमालेका मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा नै प्रदेश सरकार नेतृत्वको टुङ्गो लाग्ने जानकारी दिए। एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उनले बताए।

एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकाङ्क्षी पनि थपिँदै गएका छन्। एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकाङ्क्षी छन्।

त्यसैगरी जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आकलन गरिएको छ। जसपामा पाँच वर्ष मुख्यमन्त्री रहिसकेका लालबाबु राउत तथा सरोजकुमार यादव, मनिषकुमार सुमन र रामआशिस यादव दलको नेता बन्न आकाङ्क्षी छन्।

जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायत दलका नेताका लागि आकाङ्क्षी देखिएका छन्। दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा सीके राउतलाई दिइएको छ।

यता प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न समिति नै गठन गरेको छ। कांग्रेसमा रामसरोज यादव, रामकृष्ण यादव, वीरेन्द्र सिंहलगायत आकाङ्क्षी छन्। अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन्।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ११ : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि