सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन « Khabarhub

सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा सत्तारुढ दलका एक-एक जना प्रतिनिधि रहनेछन्।

बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात राजनीतिक दलले समर्थन गरेका थिए।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ११ : ५८ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक