‘कांग्रेसले सत्ता गुमाउनुमा देउवा मात्रै दोषी छैनन्’ « Khabarhub

‘कांग्रेसले सत्ता गुमाउनुमा देउवा मात्रै दोषी छैनन्’


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता अजय चौरासियाले कांग्रेसले सत्ता गुमाउनुमा सभापति शेरबहादुर देउवा मात्रै जिम्मेवार नभएको बताएका छन् । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले देउवामाथि अनेक आरोप लगाउँदा र कांग्रेस पारदर्शी बन्न खोज्दा सत्ता गुम्न पुगेको उनको टिप्पणी छ ।

खबरहबसँगको कुराकानीमा उनले एमाले र माओवादीको गठबन्धन केवल स्वार्थको गठजोड मात्रै भएको भन्दै केही समयपछि फेरि नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्ने सम्भावना रहेको पनि बताए ।

‘अहिले जसरी देउवालाई झुक्याएर ओली र प्रचण्डले गठबन्धन गरेका छन्, त्यो केवल सत्ता स्वार्थ मात्रै हो । यो दिगो हँुदैन’ उनले खबरहबसँग भने, ‘फेरि कांग्रेसले सत्ता गुमाउनुमा सभापति देउवा मात्रै जिम्मेवार छैनन् । अरु पनि दोषी छन् । यो विषयमा व्यापक छलफल हुनुपर्छ ।’

संसदीय दलको चुनाव हारेपछि महामन्त्री गगन थापाले गोप्य कोठाभित्रको सहमति स्वीकार्य नहुने बताएपछि देउवा पारदर्शी भएर अघि बढ्न खोज्दा प्रचण्डले धोका दिन पुगेको चौरासियाको टिप्पणी छ ।

कांग्रेस नेता कार्यकर्ताले धैर्यता राख्नुपर्ने भन्दै अबका दिनमा कांग्रेसले आफूलाई सुधार गर्ने र फेरि सत्तामा जाने सम्भावना कायमै रहेको पनि चौरासियाले बताए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १ : ०४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा