नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी « Khabarhub

नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि-ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । 

जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् । त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए । 

त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, राज नानन र नन्दन यादवले समान एक-एक विकेट लिए । यससँगै चार खेल खेलेको विराटनगरले दुई खेलमा जित हात पार्दै चार अंक जोडेको छ । विराटनगर अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै पाँच खेल खेलको पोखरा भने पाँचैँ खेलमा हार बेहोर्दै अङ्कताकिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी अल स्टार अपराजित रहँदै आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । काठमाडौँ नाइट्सले तीन खेलमा दुई जित हात पार्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी जनकपुर रोयल्स तीन खेलमा दुई जित हात पार्दै नेटरनरेटका आधारमा चौँथो तथा फार वेस्ट युनाइटेड पाँचौँ स्थानमा छ । तीन खेल खेलेको फार वेस्टले एक खेलमा जित हात पार्दै दुई अङ्क जोडेको छ । 

प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख हात पार्नेछन् ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  २ : ०२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको