आम्दानीको स्रोत बन्दै च्याउखेती | Khabarhub Khabarhub

आम्दानीको स्रोत बन्दै च्याउखेती


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

घोराही– घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन् । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् । 

छ प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसायमार्फत् अहिले वार्षिक १० देखि १२ लाखको च्याउ उत्पादन गर्दै आएका छन् । तत्कालीन समयमा उनले दुई हजार पाँच सय सय मात्रै लगानी गरेका थिए । ‘विगत १७ वर्षदेखि म निरन्तररूपमा यही पेसामा छु’, उनले भने, यसबाट राम्रो आम्दानी भएको छ ।’ करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए । 

उनले दैनिक करिब ४०-५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएका छन् । उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने उनको भनाइ छ । यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अर्ग्यानिक च्याउ उत्पादन गर्ने गरेको बताए।  च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उनले गुनासो गरे । 

चौधरीले काठमाडौँको कालिमाटीबाट च्याउको बिउ ल्याउँछन् । उत्पादन भएको च्याउ बिक्री नभए सुकुटी बनाएर बिक्री गर्ने गरेको उनले बताए। च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिनसमेत ल्याएका छन् । सुकुटी बनाएको च्याउ प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गरेको चौधरीले बताए। 

‘च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिक्री भएन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भने ‘च्याउ प्रतिकेजी एक ९० देखि दुई सयसम्म बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गर्दछ ।’ 

उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । गत असोजमा परेको वर्षाका कारण एक लाख बरावरको घाटा ब्यहोर्नुपरेको उनको भनाइ छ । लगातार परेको पानीका कारण बिक्री गर्न नपाएकाले कुहिएर गएको बताउँछन्। अझ व्यवसायलाई फराकिलो बनाउनका लागि हालसम्म कहिकतैबाट आफूले अनुदान पाए सहज हुने बताए । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गरे।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ३ : २७ बजे

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला