सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ | Khabarhub Khabarhub

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ । 

नाबालिका बलात्कारको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहेको जिकिर गर्दै लामिछानेले सो आदेश बदरको माग राखेर उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ३ : ५१ बजे

७५ प्रतिशत अण्डा उत्पादक विस्थापित

चितवन– अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन्

चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी स्थानीयले जलाइदिए

चितवन- चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी

सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

काठमाडौं– सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला

परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा